खेलकुद

युरोकप छनौटमा स्पेनले स्कटल्याण्डलाई हरायो

काठमाडौँ । युइएफए युरोकप छनौटमा स्पेनले स्कटल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा स्पेनले स्कटल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा अल्भारो मोराटा र ओइहान सान्चेटले एक एक गोल गरेका हुन् ।

यो जितपछि स्पेनको समुह ए मा ५ खेलमा १२ अंक भएको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको भने ६ खेलमा १५ अंक रहेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *