खेलकुद

आज नेपालले लाओसको सामना गर्दै

काठमाडौँ । नेपालले २०२६ को फिफा विश्वकपको छनौट अन्तर्गत एशियन जोनको पहिलो चरणमा आज लाओसको सामना गर्दै छ । पहिलो चरणको पहिलो लिग लाओससँग आज दशरथ रंगशालामा साँझ ५: ३० बजेदेखि शुरु हुने छ ।

लाओसविरुद्धको विश्वकप छनोट खेलका लागि अन्तिम टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले खेलका लागि आफ्नो अन्तिम टोली घोषणा बुधबार गरेका हुन् ।

लाओसविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम:

गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल ।
डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट ।
मिडफिल्डरः सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी ।
फरवार्डः अन्जन विष्ट, आयुष घलान, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट ।

त्यस्तै लाओससँगको दोस्रो लिग असोज ३० गते हुने छ । लाओस फिफा वरियतामा नेपालभन्दा पछाडी रहेको छ । लाओस अहिले फिफाको वरियतामा १८६औ स्थानमा छ भने नेपाल १७५औ स्थानमा रहेको छ ।

यो खेलको विजेताले एशिया क्षेत्रको छनौटको दोस्रो चरणमा समुह एचमा स्थान बनाउने छ । जसमा युएइ र बहराइन रहेका छन् भने चौथो देश यमन र श्रीलंकाबीचको विजेता हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *