देश

इजरायलमा ज्यान गुमाएका १० नेपालीको शव ल्याउन अझै केहि समय लाग्ने

काठमाडौं । इजरायलमा शनिबार हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव नेपाल ल्याउन अझै केहि समय लाग्ने भएको छ ।

परराष्ट्र मन्त्रालयमा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायलमा ज्यान गुमाएका १० नेपालीको शव स्वदेश ल्याउन केहि समय लाग्ने देखिएको जानकारी दिएकी हुन् । उनका अनुसार १० विद्यार्थीको शव आज (मंगलबार) राति इजरायल जाने नेपाल एयरलाइन्सको विमानले नेपाल ल्याउने छैन ।

शव इजरायल सरकारले हस्तान्तरण गर्नुपर्ने भएकाले नेपाल ल्याउन केही समय लाग्ने प्रवक्ता लम्सालले जानकारी दिएकी छन् । ‘इजरायल सरकारको शव हस्तान्तरणको प्रोटोकल छुट्टै हुने भएकाले आज जाने नेपाल एयरलाइन्सको विमानले शव ल्याउँदैन,’ उनले भनिन्, ‘परिवारजनले यो प्राविधिक पक्षलाई बुझिदिनु पर्ने हुन्छ, त्यसका लागि आग्रह गर्छौ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *