खेलकुद

भारतविरुद्ध अस्ट्रेलियाले टस जित्यो

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भारत र अस्ट्रेलियाबीच खेल हुदै छ । यो खेल अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ ।

चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने यो खेलमा अस्ट्रेलियाका कप्तान पाट कमिन्सले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । यो सँगै भारतले पहिला बलिङ गर्ने भएको छ ।

अस्ट्रेलिया क्रिकेट विश्वकपमा सबैभन्दा बढी सफल टिम हो । अस्ट्रेलियाले अहिलेसम्म सबैभन्दा बढी ५ पटक विश्वकप जितेको छ । अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो । २०१९ को विश्वकपमा अस्ट्रेलिया सेमिफाइनलबाट बाहिरिएको थियो । त्यसैगरी भारतले १९८३ र २०११ गरी दुई पटक विश्वकपको उपाधि जितेको थियो भने गत विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो ।

यस विश्वकपका प्रमुख दाबेदार मानिएका भारत र अस्ट्रेलियाबीचको यो भिडन्त रोचक हुने देखिएको छ । यो खेलअघि भारतका प्रमुख ब्याट्सम्यान शुभमन गिललाई डेंगु भएपछि उनले यो खेल गुमाएका छन् ।

भारतको प्लेइङ ११ : रोहित शर्मा (कप्तान), इशान किशन, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, आर अश्विन, कुलदीप यादव, जसप्रित बुमराह र मोहम्मद सिराज ।

अष्ट्रेलियाको प्लेइङ ११ : डेभिड वार्नर, मिचेल मार्स, स्टिभन स्मिथ, मार्नस लाबुस्चेन, क्यामरुन ग्रीन, एलेक्स क्यारी (विकेटकिपर), ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, प्याट कमिन्स (कप्तान), जोश हेजलवुड र एडम जाम्पा ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *