खेलकुद

सन् २०३४ को विश्वकप आयोजनामा साउदीलाई नेपालको समर्थन

काठमाडौं।नेपालले सन् २०३४ को विश्वकप आयोजना गर्ने साउदी अरबको प्रस्तावलाई समर्थन गर्ने भएको छ ।

आइतबार एक विज्ञप्तिमार्फत अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०३४ को विश्वकप आयोजनाको साउदी अरबको प्रस्तावमा नेपालले समर्थन गर्ने जानकारी दिएको हो ।

विज्ञप्तिमा एन्फाले सन् २०३४ को विश्वकप नेपालको पोजिसन स्पष्ट रहेको भन्दै साउदी अरबलाई समर्थन गर्ने जनाएको छ ।

लाखौं नेपाली कार्यरत रहेको साउदी र नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक सम्बन्धका आधारमा पनि साउदीलाई नेपालले समर्थन गर्ने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *