खेलकुद

जितसँगै अल हिलाल साउदी लिगको शिर्ष स्थानमा उक्लियो

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालले अल अख्डोउडमाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा अल हिलालले अल अख्डोउडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अल हिलालको जितमा सेर्गेज मिलिनकोभिक साभिकले २ गोल गरे भने मिचेलले एक गोल गरेका थिए ।

यस खेलमा साइद अल रुबाईले पहिलो हाफको अन्त्यमा रातो कार्ड पाएपछि अख्डोउड १० खेलाडीमा सिमित भएको थियो । अल हिलालका लागि यस खेलमा नेइमार खेलेका थिएनन् ।

यो जितपछि अल हिलाल साउदी लिगको शिर्ष स्थानमा उक्लिएको छ । अल हिलालको ९ खेलमा २३ अंक भएको छ । त्यस्तै अल अख्डोउडको ९ खेलमा ९ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *