खेलकुद

ओसासुनामाथि रियल म्याड्रिडको शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले ओसासुनामाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा रियल म्याड्रिडले ओसासुनालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडका लागि जुडे बेलिङघमले २ गोल गरे भने भिनिसियस जुनियर र जोसेलुले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा पुगेको छ । रियल म्याड्रिडको ९ खेलमा २४ अंक भएको छ ।

त्यसैगरी ओसासुनाको ९ खेलमा १० अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *