खेलकुद

म्यानचेस्टर युनाइटेडको शानदार कमब्याक जित

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले रोमान्चक जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० गोल ले पछि रहेको म्यानचेस्टर युनाइटेडले खेलको ९० मिनेट कमब्याक गर्दै २ गोल गरेर खेल जितेको थियो ।

म्यानचेस्टर युनाइटेडका लागि दुवै गोल स्कट म्याकटोमिनीले गरेका थिए । उनले खेलको ९३औं र ९७औं मिनेटमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई जिताएका थिए । उनी सब्सिच्युटको रुपमा खेलको ८७औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको ८ खेलमा १२ अंक भएको छ र लिगमा नवौं स्थानमा रहेको छ । त्यसैगरी ब्रेन्टफोर्डको ८ खेलमा ७ अंक छ र लिगमा १४औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *