खेलकुद

बंगलादेशको विजयी शुरुवात

काठमाडौँ । जारी क्रिकेट विश्वकप अन्तर्गत बंगलादेशले विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै विश्वकपमा विजयी शुरुवात गरेको हो ।

अफगानिस्तानले दिएको १५७ रनको लक्ष्य पछाएको बंगलादेशले ३४.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तान ३७.२ ओभरमा अल आउट हुदै १५६ रन मात्र बनाएको थियो ।

अब अफगानिस्तानले अक्टोबर ११ मा भारतविरुद्ध खेल्ने छ भने बंगलादेशले भने अक्टोबर १० मा ईङल्याण्डविरुद्ध खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *