काठमाडौँ । जारी आइसीसी विश्वकप अन्तर्गत आज पहिलो खेल अफगानिस्तान र बंगलादेशबीच हुदै छ । यस खेलमा बंगलादेशले टस जितेर पहिला बलिङ गर्ने भएको छ । बंगलादेशका कप्तान शकिब अल हसनले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
अफगानिस्तान र बंगलादेश अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १५ पटक आमने सामने भएका छन् । जसमा बंगलादेशले ९ खेल जितेको छ र अफगानिस्तानले ६ पटक जित हासिल गरेको छ ।
दुवै देशले यस विश्वकपमा आफ्नो पहिलो खेल खेल्दैछन् । यस विश्वकपमा बंगलादेश शकिब अल हसनको कप्तानीमा खेल्दै छ । बंगलादेश योसहित सातौं पटक विश्वकपमा खेल्दै छ । बंगलादेश १९९९ को विश्वकपदेखि लगातार खेलिरहेको छ । अहिलेसम्म बंगलादेश २०१५ विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो भने अन्य विश्वकपमा समुह चरणबाटै बाहिरिएको थियो ।
त्यस्तै अफगानिस्तान भने तेस्रो पटक विश्वकपमा खेल्दैछ । यसअघि दुवै विश्वकपमा अफगानिस्तान समुह चरणबाट नै बाहिरिएको थियो ।
अफगानिस्तानको प्लेइङ ११- हस्मातुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रहमत शाह, नजिबुल्लाह जद्रान, अज्मातुल्लाह ओमरजाई, राशिद खान, मोहमद नावी, मुजीब उर रहमान, फजलहक फारुकी, र नवीन उल हक ।
बंगलादेशको प्लेईङ ११- शकिब अल हसन (कप्तान), नजमुल हुसेन शान्तो (उपकप्तान), लिट्टन दास, तान्जिद हसन तमिम, तौहिद ह्रिदोय, मुशफिकुर रहिम, महमुदुल्लाह रियाद, महेदी हसन, तस्किन अहमद, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लाम ।




