खेलकुद

साउदी लिगमा फातेहसँग स्तब्ध इत्तिफाक

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल फातेहले अल इत्तिफाकलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा फातेहले इत्तिफाकलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोल अन्तरले पछि रहेको फातेहले खेलको अन्तिम ५ मिनेटमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।

फातेहका लागि लुकास जेलारायन र डियानिनीले एक एक गोल गरेका थिए भने इत्तिफाकका लागि मोउसा डेम्बेलेले एक गोल गरेका थिए ।

यो जितपछि फातेहको ९ खेलमा १७ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ भने इत्तिफाकको ९ खेलमा १७ अंक नै छ र लिगमा छैटौं स्थानमा झरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *