काठमाडौँ । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले जर्मनी क्लब आरबी लेइपजिंगलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा फिल फोडेन, जुलियन अल्भारेज र जेरेमी डोकुले एक एक गोल गरेका थिए । त्यसैगरी लेइपजिंगका लागि लोइस ओपेन्डाले एक गोल गरेका थिए ।
समुह जी मा रहेको सिटीको यो लगातार दोस्रो जित हो । यो जितपछि म्यानचेस्टर सिटीको २ खेलमा ६ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी आरबी लेइपजिंगको २ खेलमा ३ अंक छ र लिग समुहमा दोस्रो स्थानमा रहेको छ ।




