काठमाडौँ । बार्सिलोनाले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले पोर्चुगीच क्लब पोर्टोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा खेलको ४५औं मिनेटमा फेरान टोरेजले गरेको गोल खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा खेलको ९३औं मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि बार्सिलोनाका गाभीले रातो कार्ड पाउदै मैदान छोडेका थिए ।
यो जितपछि समुह एचमा रहेको बार्सिलोनाको २ खेलमा ६ अंक भएको छ र समुहमा शिर्ष स्थानमा छ । त्यस्तै पोर्टोको २ खेलमा ३ अंक रहेको छ ।




