खेलकुद

कुशल मल्ल र रोहित पनि आउट

काठमाडौँ । नेपालले चौथो विकेट गुमाएको छ । नेपालका कप्तान रोहित पौडेल ३ रन बनाएर आउट भएका छन् ।

यस अघि कुशल मल्ल २९ रन बनाएर आउट भएका थिए । दुवै जनालाई भारतीय बलर रवि बिस्नोईले आउट गरेका हुन् ।

यस अघि नेपाली ब्याट्सम्यान कुशल भुर्तेल २९ र आसिफ सेख १० रन बनाएर आउट भएका थिए ।

भारतले दिएको २०३ रनको लक्ष्य पछाएको नेपालले अहिलेसम्म ११ ओभरमा ४ विकेट गुमाएर ७७ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *