काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत एएस रोमाले फ्रोसिनोनेलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रोमाले फ्रोसिनोनेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।रोमाको जितमा रोमेलु लुकाकु र लोरेन्जो पेल्लेग्रिनीले एक एक गोल गरेका थिए ।
यस सिजनमा खराब शुरुवाट गरेको रोमालाई यो जितले ठुलो राहत मिलेको छ । यस सिजनमा रोमाको दोस्रो जित हो । यो जितपछि ७ खेलमा रोमाको ८ अंक भएको छ र लिगमा १२औं स्थानमा रहेको छ ।
त्यसैगरी फ्रोसिनोनेको भने ७ खेलमा ९ अंक छ र लिगमा १०औं स्थानमा रहेको छ ।




