विश्व

पाकिस्तानमा बम विष्फोट हुँदा ६५ जनाको मृत्य, भारतको संलग्नता रहेको आरोप

काठमाडौं । पाकिस्तानमा गत शुक्रबार मस्जिदबाहिर दुईवटा आत्मघाती बम विष्फोटन हुँदा मृतकको संख्या ६५ पुगेको छ । यस्तोमा पाकिस्तानले भारतको खुफिया एजेन्सी ‘रअ’ को पनि यो आक्रमणमा संलग्नता भएको आरोप लगाएको छ ।

पाकिस्तान बलोचिस्तान प्रान्तका गृहमन्त्री सर्फराज बुगतीले भनेका छन्, ‘हाम्रा सेना र अन्य संस्थाहरूले संयुक्त रूपमा यस आक्रमणमा संलग्न तत्वहरूलाई आक्रमण गर्नेछन् । पछिल्लो विष्फोटनमा भारतको गुप्तचर एजेन्सी रअको पनि संलग्नता छ ।’

उनले भारतको गुप्तचर संस्था पाकिस्तानमा भएको आक्रमणका कसरी जिम्मेवार छ भनेर खुलाएका छैनन् । भारतले पनि यस विषयमा कुनै टिप्पणी गरेको छैन । अहिलेसम्म कुनै पनि समूहले शुक्रबारको आक्रमणको जिम्मा लिएको छैन ।

प्रहरीले उक्त आक्रमणबारे अनुसन्धान गरिरहँदा पाकिस्तानले भारतको पनि संलग्नताबारे अनुसन्धान गरिरहेको छ । शनिबार मात्र पाकिस्तानका सेना प्रमुख असिम मुनिरले क्वेटा पुगेर आतंकवादीको कुनै धर्म र विचारधारा नहुने बताउँदै देशका दुस्मनलाई जवाफ दिने बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *