काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले यस सिजनमा पहिलो हार बेहोरेको छ ।
शनिबार सम्पन्न खेलमा वोल्भ्ससँग म्यानचेस्टर सिटी २-१ गोल अन्तरले पराजित भएको हो ।
वोल्भ्सको जितमा ह्वांग ही चानले एक गोल गरेका थिए भने अर्को गोल सिटीका रुबेन डियाजले आत्मघाती गोल गरेका थिए ।
त्यसैगरी म्यानचेस्टर सिटीका लागि जुलियन अल्भारेजले एक गोल गरेका थिए ।
यसअघि इएफएल कपमा न्यूक्यासलसँग पराजित भएको सिटीको यो लगातार दोस्रो हार हो । प्रिमियर लिगमा भने यस सिजनमा सिटीको यो पहिलो हार हो । यो हारपछि सिटीको ७ खेलमा १८ अंक रहेको छ । त्यसैगरी वोल्भ्सको ७ खेलमा ७ अंक भएको छ र लिगमा १३औं स्थानमा रहेको छ ।




