विश्व

पाकिस्तानको बलुचिस्तानमा विस्फोट, कम्तिमा ५२ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको बलुचिस्तानस्थित एक मस्जिद नजिकै शुक्रबार भएको आत्मघाती विस्फोटमा एक प्रहरी अधिकारी सहित कम्तीमा ५२ जनाको मृत्यु भएको छ ।

पाकिस्तानी मिडिया डनका अनुसार घटनामा करिब १३० जना घाइते भएका छन् ।

अहिले दर्जनौंको अस्पतालमा उपचार भइरहेको र २० भन्दा बढी घाइतेलाई चिकित्सा सहायताका लागि क्वेटा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । प्रदेश सरकारले प्रदेशमा तीन दिनको शोकको घोषणा गरेको जियो न्यूजले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *