खेलकुद

सन्दीप आज चीन जादै

काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने १९औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता खेल्न आज दिउँसो चीन जाने भएका छन् ।

सन्दीपसँगै अर्का स्पीनर सागर ढकाल पनि आज दिउँसो साढे १२ बजे चीनतर्फ जाने भएका हुन् ।

नेपाली क्रिकेट टिम भने आइतबार नै चीन पुगिसकेको छ । नेपालले बुधबार बिहान मंगोलियासँग खेल्दैछ ।

सन्दीप आइतबार बलात्कार मुद्धाको जिल्ला अदालत काठमाडौंमा पेशीको कारण सोमबार जाने कार्यक्रम भएपनि सन्दीपले मानसिक रुपमा खेल्न सक्ने अवस्थामा नरहेको बताएपछि उनी सोमबार जाने कार्यक्रम स्थगित भएको थियो । तर क्यान अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्काले सोमबार राती सन्दीपलाई भेटेर चीन जान मनाएको बताइएको छ ।

त्यस्तै सागर भने ललित नारायण राजवंशीको ठाउमा जान लागेका हुन् ।

समूह ए मा रहेको नेपालले पहिलो खेल मंगोलियासँग बुधबार र आइतबार माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *