शिक्षा / स्वास्थ्य

मणिपालमा चिकित्सकमाथि आक्रमण, अवस्था तनावग्रस्थ

काठमाडौं । उपचारका क्रममा लमजुङकी ५७ वर्षीय सकमायाँ दुराको मृत्यु भएपछि विरामीको मृत्युको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सकमाथि कुटपिट भएको छ । बिरामीको मृत्युको विषयला्रई लिएर अहिले मणिपाल अस्पताल परिसरमा तनावग्रस्त अवस्था सिर्जना भएको छ । विरामी भएपछि उनलाई अस्पताल लगिएको थिपो ।

अस्पतालमा भर्ना भएपछि उनको समस्याबारे अस्पतालाई विरामीका आफन्तले कारण सोधेपछि डक्टरहरुले विरामीको रिपोर्टबारे केही जवाफ नदिएको भन्दै मणीपाल अस्पतालका डाक्टरहरुमाथि आक्रमण भएको जनाइएको छ । अस्पतालका डक्टरहरुमाथि भएको आक्रमण संगै अस्पतालको भौतिक वस्तुमाथि पनि क्षेति पुगेको स्रोतले जनाएको छ । अहिले मणीपाल अस्पतालमा उत्पन्न भएको अवस्था नियन्त्रणका लागि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको जनाइएको छ ।

पछिल्लो समय नेपालमा विरामीको उपचारका क्रममा डाक्टरहरुको लापरबाहीका कारण विरामीले अकालमा नै ज्यान गुमाउनु परेकाे बिरामीका आफन्तहरुको गुनासो रहेको छ । विरामीको मृत्युका कारण नेपालमा बारम्बार अस्पतालका चिकित्सकहरुमाथि विरामीका आफन्तहरुले आक्रमण गर्दै आएका छन् । यस्ता विषयमा अस्पतालले पनि जिम्मेवारीपूर्व विरामीको अवस्था अवलोकन गर्दै समयमा नै उपचार गराउन केन्द्रित हुनुपर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *