खेलकुद

गोन्कालो रामोसको दुई गोलमा पिएसजी विजयी

काठमाडौँ । फ्रेन्च लिग वानमा पिएसजीले मार्सेलीलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पिएसजीले मार्सेलीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा गोन्कालो रामोसले २ गोल गरे भने अचरफ हाकिमी र रान्डल कोलो मुआनीले एक एक गोल गरेका थिए ।

यो जितपछि पिएसजीको ६ खेलमा ११ अंक भएको छ र लिगमा तेस्रो स्थानमा छ । त्यसैगरी मार्सेलीको भने ६ खेलमा ९ अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *