खेलकुद

क्रिकेट विश्वकपको थिम गीत सार्बजनिक

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतमा हुने एकदिवसीय विश्वकप २०२३ को आधिकारिक थिम गीत आज सार्वजनिक गरेको छ ।

गीतको नाम ‘दिल जश्न बोले’ राखिएको छ । गीतको कभरमा रणवीर सिंह देखिएका छन् । गीतमा संगीत निर्देशक प्रीतम चक्रवर्तीले दिएका हुन् । विश्वकपको यो गीत गायक प्रीतम, नकाश अजिज, श्रीराम चन्द्र, अमित मिश्रा, जोनिता गान्धी, आकासा र चरणले गाएका छन् ।

आईसीसीले १९ अगस्टमा एकदिवसीय विश्वकपको आधिकारिक मस्कट सार्वजनिक गरेको थियो । मस्कट महिला बलर र पुरुष ब्याट्सम्यानको थिममा डिजाइन गरिएको छ । पुरुषको मस्कट हातमा ब्याट लिएर देखाइएको छ भने महिला मस्कटलाई बलले देखाइएको छ ।

एकदिवसीय विश्वकप अक्टोबर ५ देखि १९ नोभेम्बरसम्म भारतमा हुनेछ । पहिलो खेल गत विश्वकपको फाइनलमा पुगेका इंग्ल्याण्ड र न्युजिल्याण्डबीच हुनेछ । भारतको पहिलो खेल अक्टोबर ८ मा चेन्नईमा अस्ट्रेलियासँग हुनेछ ।

४६ दिनसम्म चल्ने यस विश्वकपमा कुल ४८ खेल हुनेछन् । नोभेम्बर १२ सम्म समूह चरणका ४५ खेल हुनेछन् । दुई सेमिफाइनल १५ र १६ नोभेम्बरमा र फाइनल १९ नोभेम्बरमा अहमदाबादमा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *