खेलकुद

बेन्जमाको गोलमा इत्तिहाद विजयी

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल इत्तिहादले अल अख्दोउदलाई पराजित गरेको छ ।

विहिबार राति सम्पन्न खेलमा अल इत्तिहादले अल अख्दोउदलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अल इत्तिहादको जितमा करिम बेन्जमाले खेलको एक मात्र गोल गरेका थिए । बेन्जमाले खेलको ७२औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । बेन्जमाको साउदी प्रो लिगमा ६ खेलमा यो तेस्रो गोल हो ।

यस सिजनमा अल इत्तिहादको यो पाँचौं जित हो । यो जितपछि अल इत्तिहाद ६ खेलमा १५ अंकसहित लिगमा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी अल अख्दोउदको भने यस सिजनमा यो चौथो हार हो । यस खेलपछि अख्दोउदको ६ खेलमा ४ अंक भएको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *