खेलकुद

पेरुविरुद्ध ब्राजिलको संघर्षपूर्ण जित

काठमाडौँ । विश्वकप छनौट अन्तर्गत ब्राजिलले पेरुविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरुलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा खेलको ९०औं मिनेटमा मार्क्विन्होसले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो ब्राजिलको विश्वकप छनौटमा लागातार दोस्रो जित हो । ब्राजिलको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै पेरुको भने २ खेलमा १ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *