खेलकुद

रोनाल्डो बिना लक्जेम्बर्गविरुद्ध पोर्चुगलको गोलको वर्षा

काठमाडौँ । युरो कप छनौट अन्तर्गत पोर्चुगलले लक्जेम्बर्गविरुद्ध गोलको वर्षा गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ९-० गोल अन्तरले पराजित गरेको हो ।

लक्जेम्बर्गविरुद्ध पोर्चुगलका गोन्कालो इनासियो, गोन्कालो रामोस र डिओगो जोटाले २-२ गोल गरेका थिए । त्यस्तै रिकर्दो होर्टा, ब्रुनो फर्नानडेज र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए ।

समुह जे मा रहेको पोर्चुगलको युरो कप छनौटमा यो लगातार छैटौं जित हो । यो जितपछि पोर्चुगलको समुह जे मा ६ खेलमा १८ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरि लक्जेम्बर्गको भने यो दोस्रो हार हो । लक्जेम्बर्गको ६ खेलमा १० अंक छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।

यस खेलमा क्रिस्टियानो रोनाल्डो भने खेलेका थिएनन् । रोनाल्डोले लगातार दुई खेलमा पहेलो कार्ड पाए पछि यो खेल गुमाएका थिए ।

पोर्चुगलले अब युरोकप छनौट अन्तर्गत आगामी अक्टोबर १४ मा स्लोभाकिया र अक्टोबर १७ मा बोस्निया हर्जगोभिनासँग खेल्ने तालिका रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *