खेलकुद

पाकिस्तानविरुद्ध भारतको शानदार ब्याटिंग, शिर्ष चार ब्याट्सम्यानको अर्धशतक

काठमाडौँ । एशिया कपको सुपर चार अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा भारतका ब्याट्सम्यानले शानदार ब्याटिंग गरेका छन् ।

वर्षाले प्रभावित भएर आज जारी खेलमा भारतका शिर्ष चार ब्याट्सम्यानले अर्धशतक प्रहार गरेका छन् ।

आइतबारको खेलमा कप्तान रोहित शर्मा ५६ र शुभमन गिल ५८ रन बनाएर आउट भएका थिए भने सोमबार जारी खेलमा केएल राहुल र विराट कोहलीले आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *