खेलकुद

१९ वर्षीया कोकोले जितिन् युएस ओपनको उपाधि

काठमाडौँ । अमेरिकाकी १९ वर्षीया कोको गफले युएस ओपनको महिला सिंगल्सको उपाधि जितेकी छिन् ।

उनले फाइनलमा बेलारुसकी अरिना साबालेन्कालाई २-६, ६-३, ६-२ ले पराजित गरिन् । साथै कोकोले लगातार १२औं खेल पनि जितेकी छन् । न्यूयोर्कको आर्थर एसे स्टेडियममा भएको उपाधि खेलमा छैटौं वरीयता प्राप्त कोकोलाई दोस्रो वरीयता प्राप्त साबालेन्कालाई हराउन कुनै कठिनाइ भएन ।

यो जितसँगै उनले इतिहास रचेका छन् । उनी सन् १९९९ पछि युएस ओपन जित्ने पहिलो किशोर खेलाडी बनेकी छन् । सेरेना विलियम्सले यो सन् १९९९ मा गरेकी थिइन् ।

युएस ओपनमा पुरुष र महिला विजेतालाई बराबरको पुरस्कार रकम दिइन्छ । यो १९७३ यूएस ओपनदेखि शुरु भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *