खेलकुद

लेवानडोस्कीको दुई गोलमा पोल्याण्ड विजयी

काठमाडौँ । युरोकप छनौटमा पोल्याण्डले फारोए आइल्याण्डसलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पोल्याण्डले फारोए आइल्याण्डसलाई २-० गोल अन्तरले पराजित गरेको हो । पोल्याण्डको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरेका थिए ।

युरोकप छनौटमा पोल्याण्डको यो दोस्रो जित हो । यो जितपछि पोल्याण्डको ४ खेलमा ६ अंक भएको छ र समुह ई मा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै फारोए आइल्याण्डसको भने यो तेस्रो हार हो । यो हारपछि उसको ४ खेलमा एक अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *