खेलकुद

अफगानिस्तान एशिया कपबाट बाहिरियो, श्रीलंका र बंगलादेश सुपर चारमा

काठमाडौँ । अफगानिस्तान एशिया कपबाट बाहिरिएको छ । एशिया कपको समुह बि अन्तर्गतको खेलमा अफगानिस्तान श्रीलंकासँग २ रनले पराजित भएसँगै एशिया कपबाट बाहिरिएको छ ।

साथै श्रीलंकाले २ खेलमा ४ अंक हासिल गर्दै समुह विजेताको रुपमा सुपर चारमा पुगेको छ । त्यस्तै समुह बी बाट उपविजेता बनेर बंगलादेश सुपर चारमा पुगेको छ ।

श्रीलंकाले दिएको २९२ रनको लक्ष्य पछाएको अफगानिस्तान ३७.४ ओभरमा अल आउट हुदै २८९ रन बनाएको थियो । सुपर चारमा छनौट हुन ३७.१ ओभरमा लक्ष्य पुरा गर्नु पर्ने अवस्थामा जितको नजिक रहेको अफगानिस्तानले अन्तिम ओभरमा २ विकेट गुमाएपछि खेल हारेको थियो ।

यसअघि श्रीलंकाले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ८ विकेट गुमाउदै २९१ रन बनाएको थियो ।

योसँगै एशिया कपको सुपर चारको समीकरण पुरा भएको छ । समुह ए बाट पाकिस्तान र भारत तथा समुह बी बाट श्रीलंका र बंगलादेश सुपर चारमा पुगेका छन् ।

त्यस्तै समुह ए बाट नेपाल र समुह बि बाट अफगानिस्तानको समुह चरणमै एशिया कपको यात्रा समाप्त भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *