खेलकुद

म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको रोमाञ्चक जित

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा २ गोल गरेर म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित हासिल गरेको थियो ।

म्यानचेस्टर युनाइटेडले खेलको २७औ मिनेटमा मार्कस राशफोर्डको गोलमा शुरुवाती अग्रता लिएपनि त्यसको एक मिनेटमा नै आर्सनलले मार्टिन ओडेगार्डको गोलमा बराबरी गरेको थियो । त्यसपछि आर्सनलका डेक्लान राइसले खेलको ९६औं मिनेटमा र १०१ मिनेटमा गाब्रियल जिससले गोल गरेका थिए ।

यस सिजनमा आर्सनलको यो तेस्रो जित हो । यो जितपछि आर्सनलको ४ खेलमा १० अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेडले भने यस सिजनमा दोस्रो हार बेहोरेको छ । युनाइटेडको ४ खेलमा ६ अंक रहेको छ र लिगमा ११औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *