खेलकुद

एशिया कप खेल्न पाकिस्तानतर्फ लागे सन्दीप

काठमाडौं । सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न पाकिस्तानतर्फ गएका छन् ।

आइतबार सन्दीपविरुद्धको मुद्धाको अर्को पेसी भदौ २१ गते तोकिएसँगै सन्दीप सोमबार बिहान पाकिस्तान गएका हुन् ।

सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका टंकलाल घिसिङले विदाई गरेका थिए ।

सन्दीपले पाकिस्तान जानु अघि टिमले अहिले राम्रो प्रदर्शन गरिरहेको र पाकिस्तानमा टिमले अभ्यास खेलमा राम्रो खेलेको बताउदै एशिया कपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

एसिया कपमा नेपालले उद्घाटन खेलमा बुधबार भदौ १३ गते पाकिस्तानविरुद्ध खेल्दै छ । त्यस्तै दोस्रो खेल भारतविरुद्ध भदौं १८ गते श्रीलंकामा हुने तालिका रहेको छ ।

अब सन्दीप अर्को पेसीमा उपस्थित हुनुआगाडी नै एशिया कपका पाकिस्तान र भारतविरुद्धका दुवै खेल खेल्न पाउने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *