राजनीति

माओवादी सांसद सुवेदीले गरिन् मनोन्वयन दर्ता

काठमाडौं । भोली हुने संसदीय विशेष सुनुवाई समिति सभापति निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको छ । आईतबार दिउँसो मा‌ओवादीकी सांसद विमला सुवेदीले समितिको सभापति पदमा मनोनयन दर्ता गरेकी हुन् ।

उनको प्रस्तावकमा सांसद पूर्ण बहादुर खड्का बसेका भने सर्मथकमा कांग्रेस सांसद रमेश लेखक,एमाले सांसद महेश बर्तौला र राप्रपा सांसद ध्रुवबहादुर प्रधान रहेका छन् ।

यसअघि १० वटा विषयगत समितिमध्ये माओवादी केन्द्रले विकास समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएकोमा पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाले पाएपछि माओवादी केन्द्रका सांसद माधव सापकोटा बाहिरिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *