खेलकुद

चार देशको महिला टी- २० सिरिज: नेपालले मलेसियालाई दियो ८४ रनको लक्ष्य

काठमाडौ । मलेसियामा जारी चार देशको महिला टी- २० क्रिकेट सिरिज अन्तर्गत नेपालले आयोजक मलेसियालाई ८४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १८ ओभरमा ७ विकेट गुमाउदै ८३ रन बनाएको हो । बर्षाले प्रभावित भएको खेल २० ओभरबाट घटाएर १८ ओभरमा झारिएको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्बाधिक २३ रन बनाइन भने इन्दु बर्माले २०, काजल श्रेष्ठले १८ रनको योगदान दिएकी थिइन् ।

त्यसैगरी मलेसियाकी बलर ऐइना हामिजाह हाशिम, माहिराह इज्जति इस्माइल र नुर दानियाले २-२ विकेट लिएकी थिइन् भने आइस्या एलीसाले एक विकेट लिएकी थिइन् ।

यो खेलपछि फाइनलमा पुग्ने दुई टिमको टुंगो लाग्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *