खेलकुद

पाकिस्तानले अफगानिस्तानलाई १ विकेटले हरायो

काठमाडौँ । पाकिस्तानले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा लागातर दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न रोमान्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको ३०१ रनको लक्ष्य पछाएको पाकिस्तानले ४९.५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

अन्तिम ओभरमा जितका लागि ११ रन आवश्यक रहेकोमा नसीम शाहले अविजित ५ बलमा १० रन बनाउदै पाकिस्तानलाई जिताएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले रह्मनुल्लाह गुरबाजको १५१ रनको पारीसँगै ५० ओभरमा ५ विकेट गुमाएर ३०० रन बनाएको थियो ।

यो जितपछि पाकिस्तानले ३ खेलको सिरिज २-० ले जितेको छ । अब सिरिजको अन्तिम खेल शनिबार हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *