विश्व

इजिप्टमा २० लाखभन्दा बढी नागरिक बेरोजगार

काठमाडौँ । इजिप्टको बेरोजगारी दर चालु वर्षको दोस्रो त्रैमासिकमा ०.१ प्रतिशतले घटेर ७ प्रतिशतमा पुगेको छ ।

देशको तथ्यांक निकाय क्यापमासले मंगलबार जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।

देशभर १२ लाख पुरुष र ९ लाख ४१ हजार महिलासहित २० लाखभन्दा बढी नागरिकहरु बेरोजगार रहेको बताइएको छ । ६१.८ प्रतिशत बेरोजगार नागरिकहरु १५ देखि २९ वर्ष उमेर समूहका छन् ।

गत वर्षको यही अवधिमा भन्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १.३ प्रतिशतले वृद्धि भएको छ । इजिप्टको वार्षिक मुद्रास्फीति दर जुलाईमा बढेर ३८.२ प्रतिशत कायम भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *