खेलकुद

पाकिस्तानमा नेपाली क्रिकेट टिमलाई स्वागत

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम एसिया कप खेल्न पाकिस्तान पुगेको छ । गएराती नेपालबाट पाकिस्तानतर्फ प्रस्थान गरेको नेपाली टिम कराँची पुगेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।

नेपाली क्रिकेट टिमलाई पाकिस्तानका क्रिकेट अधिकारीहरुले कराँचीमा स्वागत गरेका छन् ।

नेपाल टिम पाकिस्तानको कन्डिसन बुझ्न र स्थानीय टिमसँग अभ्यास खेल खेल्न केहि दिन अघि नै पाकिस्तान गएको हो ।

एसिया कप ३० अगष्ट देखी १७ सेप्टेम्बर सम्म हुनेछ । नेपाल, श्रीलंका र भारत छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले अगष्ट ३० अर्थात भदौ १३ मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । त्यस्तै नेपालले अर्को खेल सेप्टेम्बर ४ अर्थात भदौ १८ मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्दै छ ।

एसिया कप खेल्ने नेपाली टिम: रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र मौसम ढकाल ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *