काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा खेलको ५३औं मिनेटमा मार्टिन ओडेगार्डले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा खेलको ६७औं मिनेटमा टेकहिरो टोमियासुले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो ।
प्रिमियर लिगमा आर्सनलको यो लगातार दोस्रो जित हो । २ खेलमा ६ अंक जोडेको आर्सनल लिगमा तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी लिगमा यस सिजनको पहिलो खेल जितेको क्रिस्टल प्यालेसले भने दोस्रो खेलमा हार बेहोरेर २ खेलमा ३ अंक हासिल गरेको छ ।




