खेलकुद

वेस्टह्यामसँग चेल्सीको लज्जास्पद हार

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा वेस्टह्याम युनाइटेडले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

वेस्टह्यामको जितमा नायफ अगर्ड, मिचल एन्टोनियो र लुकास पाक्वेटाले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि कामे चुकवुमेकाले एक गोल गरेका थिए ।

यस खेलमा ऩायफ अगर्डले खेलको ६७औ मिनेटमा रातो कार्ड पाएपछि वेस्टह्याम १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि वेस्टह्यामको २ खेलमा ४ अंक भएको छ । त्यस्तै चेल्सीको २ खेलमा १ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *