काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा खेलको ३१औं मिनेटमा जुलियन अल्भारेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि म्यानचेस्टर सिटीको २ खेलमा ६ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै यस सिजनमा पहिलो खेल जितेको न्यूक्यासलको भने यो पहिलो हार हो । न्यूक्यासलको २ खेलमा ३ अंक रहेको छ ।




