काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल इत्तिहादले लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा अल इत्तिहादले अल टाईलाई २-० गोल अन्तरले पराजित गरेको हो । इत्तिहादको जितमा सालेह अल अम्री र अबडेराजक हम्दल्लाहले एक एक गोल गरेका थिए ।
गएराती नै सम्पन्न अर्को खेलमा अल हिलाल भने अल फेइहासँग बराबरीमा रोकिएको छ । अल हिलाल र अल फेइहा १-१ गोलको बराबरीमा रोकिएका हुन् । फेइहाका लागि फेसन सकालाले गोल गरेका थिए भने अल हिलालका लागि अब्दुल्लाह अल हामदमले गोल गरेका थिए ।
यो खेलपछि अल इत्तिहादको २ खेलमा ६ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै अल हिलाल र फेइहाको भने २ खेलमा ४-४ अंक रहेको छ ।




