काठमाडौँ । साउदी प्रो लिगमा अल नासरले लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।
गएराती सम्पन्न खेलमा अल नासर अल तावोउनसँग २-० गोल अन्तरले पराजित भएको हो । अल तावोउनको जितमा लीन्द्रे तावाम्बा र अहमद बहुसायनले एक एक गोल गरेका थिए ।
यस अघि अल नासर लिगको पहिलो खेलमा अल इत्तिफाकसँग पराजित भएको थियो । लिगको पहिलो खेलमा नखेलेका क्रिस्टियानो रोनाल्डो भने यस खेलमा पुरा समय खेलेका थिए ।
अब अल नासरले अर्को खेल एएफसी च्याम्पियन्स लिगको प्लेअफ अन्तर्गत शबाब अल अहलीसँग अगस्त २२ मा खेल्ने तालिका रहेको छ ।
यो जितपछि अल तावोउनको २ खेलमा ४ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।




