खेलकुद

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी शुरुवात

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वोल्भ्सलाई पराजित गरेर नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वोल्भ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा खेलको ७६औं मिनेटमा राफेल भरानेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले अब अर्को खेल अगस्त १९ मा टोटनह्याम सँग खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *