खेलकुद

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीको बराबरी

काठमाडौँ।इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् ।

चेल्सीको मैदान स्ट्याम्फोर्ड ब्रिजमा गएराति भएको खेलमा दुवैले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलको १८ औँ मिनेटमा लुइस डियाजले लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । तर ३७ औँ मिनेटमा चेल्सीका एक्सेल डिसासीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यो बराबरीपछि दुवैले एक–एक अंक बनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *