खेलकुद

अल नासर अरब च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । अल नासर अरब क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

बुधबार राति सम्पन्न सेमिफाइनल खेलमा इराकी क्लब अल शोर्टालाई १-० गोल अन्तरले पराजित गर्दै अरब क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

अल नासरको जितमा खेलको ७५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । अल नासर अरब क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको यो पहिलो पटक हो ।

अब फाइनलमा अल नासरले अल हिलाल र अल शाबाबबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल अगस्त १२ मा हुदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *