खेलकुद

मेसीको जादु, डल्लासलाई हराउदै क्वाटरफाइनलमा

काठमाडौँ । लियोनेल मेसीले इन्टर मियामीलाई अर्को शानदार जित दिलाएका छन् ।

एमएलएसको लिग कपको राउण्ड १६ को खेलमा इन्टर मियामीले पेनाल्टी सुट आउटमा एफसी डल्लासलाई ५-३ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ ।

इन्टर मियामीलाई क्वाटरफाइनलमा पुर्याउन मेसीले निर्णायक भूमिका खेलेका थिए ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट ४-४ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । २-० गोलले पछि परेको इन्टर मियामीले खेलमा कम ब्याकगर्दै बराबरी गरेको थियो ।

यस खेलमा मेसीले खेलको छैटौं र ८५औं मिनेटमा गोल गरेका थिए । इन्टर मियामीमा मेसीको चौथो खेलमा यो सातौं गोल हो ।

त्यस्तै इन्टरका लागि बेन्जामिन करेमासचीले एक गोल गरेका थिए भने एक गोल डल्लासका मार्को फारफानले एक गोल आत्मघाती गोल गरेका थिए ।

त्यस्तै एफसी डल्लासका लागि फाकुन्डो क्विग्नोन, बेर्नार्ड कामुन्गो र एलन भेलासकोले एक एक गोल गरेका थिए भने एक गोल इन्टर मियामीका रोबेर्ट टेलरले आत्मघाती गोल गरेका थिए ।

यो जितसँगै इन्टर मियामीले क्वाटरफाइनलमा हस्टन एफसी र चार्लोट एफसीबीचको विजेतासँग खेल्ने छ । यो खेल अगस्त १२ मा हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *