खेलकुद

क्यानले ६ क्रिकेटरलाई प्रशिक्षणका लागि भारत पठाउने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले ६ क्रिकेटरलाई प्रशिक्षणका लागि भारतको दिल्ली पठाउने भएको छ ।

एक महिना लामो प्रशिक्षण क्याम्पका लागि क्यानले कमल सिंह ऐरी, विनोद भण्डारी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकेश बमलाई भारत पठाउन लागेको हो ।

६ खेलाडीले प्रदीप साहुको गाइडेन्समा ‘टेलर मेड ट्रेनिंग’ सेसनमा भाग लिने र यसको सुपरभिजन नेपाली राष्ट्रिय टिमका प्रशिक्षक मोन्टी देसाईले गर्ने क्यानले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *