विश्व

युक्रेनी ड्रोनद्वारा रुसी तेल ट्यांकरमा आक्रमण

काठमाडौं।युक्रेनी ड्रोनले केर्च स्ट्रेटमा रुसी तेल ट्यांकरमा आक्रमण गरी क्षति पुर्‍याएको नोभोरोसिस्कको समुद्री उद्धार तथा समन्वय केन्द्र (एमआरसीसी)ले जनाएको छ ।

एमआरसीसीले ट्यांकरका चालक दल सकुशल रहेको तर आक्रमणबाट इञ्जिन कोठामा क्षति पुगेको बताइएको छ । ट्यांकरलाई मद्दत गर्न उद्धारकर्ता र दुई वटा टगबोट उक्त क्षेत्रमा परिचालन गरिएको थियो ।

क्राइमियाको पूर्वी छेउमा रहेको केर्च शहरका बासिन्दाहरूलाई चकित पार्ने आवाजसहित शनिबार बिहान आक्रमण भएको थियो ।

मुख्य भूमि रुसलाई क्रिमियासँग जोड्ने १९ किलोमिटर लामो क्रिमियन ब्रिज आक्रमणको खतराका कारण अस्थायी रूपमा बन्द भए पनि फेरि खोलिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *