खेलकुद

साउदी क्लब इत्तिहाद र अल हिलाल अरब लिगको नकआउट स्टेजमा

काठमाडौँ । साउदी क्लब अल इत्तिहाद अरब कप च्याम्पियनसिपको नकआउट स्टेजमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा इत्तिहादले इराकको क्लब अल शोर्टालाई २-१ गोल अन्तरले पराजित गर्दै नकआउट स्टेजमा आफ्नो स्थान सुरक्षित गरेको हो । इत्तिहादको जितमा बामसाउद र करिम बेन्जमाले एक एक गोल गरेका थिए । त्यस्तै अल शोर्टाका लागि मोउमोउनीले एक गोल गरेका थिए ।

समुह ए बाट इत्तिहाद समुहमा शिर्ष स्थानमा रहदै नकआउट स्टेजमा पुगेको छ भने हारका बाबजुत अल शोर्टा समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ ।

त्यस्तै गएराती नै सम्पन्न खेलपछि समुह बि बाट कतारको क्लब अल साद र साउदी क्लब अल हिलाल नकआउट चरणमा पुगेको छ ।

समुह चरणको अन्तिम खेलमा अल सादले लिबियाको क्लब अल अहलीलाई १-० गोल अन्तरले पराजित गरेको थियो । अल सादको ३ खेलमा ७ अंक भएको छ र समुहमा शिर्ष स्थान हासिल गर्दै नकआउट स्टेजमा पुगेको छ ।

त्यस्तै अल हिलालले मोरक्कोको क्लब विडाड एसीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । अल हिलालको जितमा मिलिनकोभिक साभिक र रुबेन नेभेजले एक एक गोल गरेका थिए । यो जितपछि ३ खेलमा ४ अंक भएको छ र समुहमा दोस्रो हुदै नकआउट स्टेजमा पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *