खेलकुद

महिला विश्वकपमा जाम्बियामाथि स्पेनको फराकिलो जित

काठमाडौँ । जारी महिला फुटबल विश्वकप अन्तर्गत स्पेनले जाम्बियामाथि फराकिलो जित हासिल गरेको छ ।

बुधबार सम्पन्न समुह सी अन्तर्गतको खेलमा स्पेनले जाम्बियालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा जेनिफर हेरमोसो र अल्बा रेडोनडोले २-२ गोल गरेका थिए भने टेरेसा अबेल्लेरियाले एक गोल गरेकी थिइन् ।

जारी विश्वकपमा स्पेनको यो लगातार दोस्रो जित हो । स्पेनले यसअघि खेलेको पहिलो खेलमा कोस्टा रिकालाई ३-० गोलले पराजित गरेको थियो ।

यो जितपछि समुह सी मा स्पेन शिर्ष स्थानमा उक्लिएको छ । स्पेनको २ खेलमा ६ अंक भएको छ भने जापानको पनि ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै यस समुहमा रहेका कोस्टा रिका र जाम्बियाले २-२ खेलमा हार बेहोरेका छन् । यससँगै उनीहरु विश्वकपको नकआउट स्टेजमा नपुगी बाहिरिने निश्चित भएको छ । यस समुहबाट स्पेन र जापान नकआउट स्टेजमा पुग्ने सुच्निश्चित भएको छ । अब अन्तिम खेलमा स्पेन र जापान खेल्ने छन् र समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *