काठमाडौँ । फिफा महिला फुटबल विश्वकप अन्तर्गत ब्राजिलले विजयी शुरुवात गरको छ । सोमबार समुह एफ अन्तर्गतको खेलमा ब्राजिलले पानामामाथि ४-० को फराकिलो जित हासिल गरेको हो ।
ब्राजिलको जितमा आरी बोर्गेसले ह्याट्रिक गरेकी छन् । उनले खेलको १९औं, ३९औं र ७०औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन् । त्यस्तै ब्राजिलका लागि अर्को गोल बिट्रीक जानेराट्टो जोआओले गरेकी थिइन् ।
यो जितपछि ब्राजिलले महत्वपूर्ण ३ अंक हासिल गर्दै समुह एफ मा शिर्ष स्थानमा रहेको छ ।
यस समुहमा फ्रान्स र जमैका समेत रहेका छन् । फ्रान्स र जमैकाबीच भएको पहिलो खेल बराबरीमा टुंगिएको थियो ।




